
चितवन, कात्तिक २ । चितवनको दारेचोकमा एउटा भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ जाँदै गरेको ग२च ३८१५ नम्बरको भ्यान गएराति दारेचोक–२ चयबुनमा दुर्घटना भएको हो ।
घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्