
महेन्द्रनगर, कात्तिक २ । कञ्चनपुरको महेन्द्रनगरमा यातायात व्यवसायीबीच विवाद बढ्दै गएपछि सम्पूर्ण यातायात सेवा ठप्प भएका छन् ।
कञ्चनपुरमा नयाँ यातायात प्रालिले सेवा शुरु गरेपछि भएको विवादले उग्ररुप लिंदा सम्पूर्ण यातायात सेवा नै ठप्प भएको हो । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिबीच विवाद चुलिएको हो ।
आइतबारदेखि यातायात व्यवसायीबीच भएको विवाद नमिलेपछि मंगलबारदेखि महेन्द्रनगरबाट चल्ने महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी यातायातले आफ्ना सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
सार्वजनिक यातायात सेवा ठप्प भएपछि महेन्द्रनगर बसपार्कमा हजारौं यात्रु अलपत्र परेका छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्