१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रधानमन्त्री निवास अगाडी अस्थायी शिक्षकद्वारा धर्ना


0
Shares

काठमाडौं, कात्तिक २ । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिएका छन् ।

अस्थायी शिक्षक आन्दोलन संघर्ष समितिले अस्थायी शिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर दिनुपर्ने, सम्पूर्ण अस्थायी सेवा अवधि गणना स्थायी सेवामा गर्नुपर्ने, स्थायी हुने अवसर नपाएका शिक्षकलाई औषधि उपचार खर्च र उपदान रकम उपलब्ध गराउनुपर्ने माग गर्दै धर्ना दिएको हो ।

संघर्ष समितिले शिक्षा ऐन आठौं संशोधनका केही दफालाई पुनः संशोधन गर्न माग समेत गरेको छ । माग पूरा नभए अझ कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।