
चितवन, कात्तिक २ । स्क्रब टाइफसका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
कालिका नगरपालिका–६ निवासी एक १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएकोमा गएराति उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि दुई महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको संख्या २ सय १९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्