Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


वाट्फोर्डसँग ४–१ ले पराजित हुँदै फुल्हम रेलिगेशनमा


0
Shares

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डसँग ४–१ ले पराजित हुँदै फुल्हल रेलिगेशनमा परेको छ ।

फुल्हमले ३३ खेलबाट १७ अंक मात्रै जोडेको छ । ३२ खेलबाट १४ अंक जोडेको हडर्सफिल्ड टाउन यसअघि नैं रेलीगेशनमा परिसकेको छ ।

३१ खेलबाट २८ अंकसहित १८ औं स्थानमा रहेको कार्डीफ सिटी पनि रेलिगेशनको खतरामा छ ।

शिर्ष डिभिजनमा रहने गणितिय संभावना कायम राख्न फुल्हमले गएराती वाट्फोर्डलाई हराउनुपर्ने थियो ।

तर पराजित भएपछि १७ औं स्थानको बर्न्लेसँग उसको दुरी १६ अंकको भएको छ ।

जबकी प्रिमियर लिगमा फुलहमले अब बाँकी सबै ५ खेल जितेपनि उसको १५ अंक मात्रै थपिन्छ ।

गएराती भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ ।

आफ्नै मैदानमा वुल्भरह्याम्पटनले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको हो ।

वुल्भरह्याम्पटनका लागि डिएगो जोटाले एक गोल गर्दा म्यान्चेस्टर युनाईटेडकै क्रिश स्मलीङले एक आत्माघाति गोल गरे ।

यसअघि आस्ले योङ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यान्चेस्टर युनाईटेड १० जनामा समेटिएको थियो ।

प्रिमियर लिगमा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

आर्सनल, टोटनह्याम हट्सपर, म्यान्चेस्टर युनाईटेड र चेल्सी शिर्ष चारभित्र पर्न संघर्षरत छन् ।