२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


‘युरोप पठाइदिन्छु’ भन्दै एकैजनाबाट १० लाखसम्म ठगी, दुईजना समातिए


0
Shares

काठमाडौं, कात्तिक २ । ‘रुस हुँदै युरोप पठाइदिन्छु’ भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत् दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत् धादिङ-थाक्रे गाविस घर भइ कलंकी बस्ने सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीमा कार्यरत् कास्की-सल्यान घर भइ ललितपुर-धोबीघाट बस्ने आनन्द केसीलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अभियुक्तले बागलुङ विनामारे गाविसका भरत विकसमेतका सातजनालाई भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पुर्‍याइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिइ रुससम्म पुर्‍याइ अलपत्र पारेका थिए ।

पीडितले कारबाहीका लागि महाशाखामा निवेदन दिएपछि उनीहरु नयाँबानेश्वरबाट पक्राउ परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले मंगलबार वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ । रासस