
काठमाडौं, कात्तिक २ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत् समूह चरणका तेस्रो खेलहरु मंगलबार (आज) राति हुँदैछन् ।
समूह ‘इ’, ‘एफ’, ‘जी’ र ‘एच’का खेलहरु मंगलबार राति हुन लागेका हुन् । नेपाली समयअनुसार मध्यरातमा हुने खेलमा स्पेनको रियल मड्रिडले पोल्यान्डको लेजिया वार्ससँग खेल्नेछ ।
यसैगरी, इंग्लिस क्लबहरु टोटनह्याम हट्सपरले जर्मनीको बायर लिभरकुजेनसँग तथा लेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनसँग खेल्नेछन् ।
सुरुआती दुई खेलमा जित हासिल गरेको च्याम्पियन लेस्टर सिटी लगातार तेस्रो जितको खोजीमा छ ।
च्याम्पियन्स लिगकै अरु खेलमा रुसको सीएसकेए मस्को र फ्रान्सको मोनाको, पोर्चुगलको स्पोर्टिङ लिस्बन र जर्मनीको बोरुसिया डर्टमन्ड, बेल्जियमको क्लब ब्रुज र पोर्चुगलको एफसी पोर्टो, फ्रान्सको लियो र इटालीको युभेन्टस तथा क्रोएसियाको डाइनामो जाग्रेब र स्पेनको सेभिया भिड्नेछन् ।
यी सबै खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट सुरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्