१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


क्रिश्चियन समुदायको बेवास्ता गरेको भन्दै मानवअधिकार आयोगमा ज्ञापनपत्र


0
Shares

काठमाडौं, कात्तिक २ । राष्ट्रिय ख्रीष्टियन महासंघले क्रिश्चियन समुदायको हक–हितमा सरकारले बेवास्ता गरेको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

सो संगठनका पदाधिकारीहरुले मंगलबार आयोगका प्रमुख आयुक्त अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले क्रिश्चियन महासंघसँग भएका सहमति कार्यान्वयन नगरेको गुनासो उनीहरुको थियो ।

ज्ञापनपत्र बुझ्दै आयोगका प्रमुख शर्माले नीति–निर्माणको तहमा माग राख्न सुझाव दिएका थिए ।