१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


लोकमानको घरमा म्याद तामेली नगरी फर्कने खत्रीसहित तीनजना कारबाहीको दायरामा


0
Shares

काठमाडौं, कात्तिक २ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी फर्कने तामेलदार शम्भुबहादुर खत्रीसहित तीनजनामाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

तामिलदार खत्रीले तामेली नगरेको भन्दै सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए १५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर–१० की अधिकृत सरिता राई र खरिदार भेषराज अर्याललाई पनि सोहीबमोजिम कारबाही गरिने सर्वोच्च अदालतले जनाएको छ ।