
काठमाडौं, कात्तिक २ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् मंगलबार भएका खेलहरुमा कुमारी फुटसल र ह्वाइटहर्स फुटसल विजयी भएका छन् ।
क्षेत्रपाटीको कुमारी फुटसलले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा शंखमूल फुटसललाई ८–५ ले हराउँदै कुमारी लगातार दुई जित हासिल गर्ने पहिलो टोली बनेको हो । खेलमा कुमारीका लागि अभिषेक रिजालले चार गोल गरेका थिए ।
शंखमूलका लागि एक गोल गरेका सन्जोग चाम्लिङ राई खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
मंगलबारै भएको अर्को खेलमा नीलोपुल–कपनको ह्वाइटहर्स फुटसलले इम्पेरियल फुटसल कौशलटारलाई ९–१ ले हराएको छ ।
इम्पेरियल फुटसलको ‘पिच’मा भएको एकतर्फी खेलमा पाहुनाटोली ह्वाइटहर्सलाई विजयी गराउन ‘म्यान अफ द म्याच’ रितेश लामाले ४ गोल गरे ।
ह्वाइटहर्स फुटसलका लागि प्रतियोगितामा यो पहिलो जित हो भने इम्पेरियलको यो पहिलो हार हो ।
प्रतिक्रिया दिनुहोस्