१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


अख्तियार प्रमुख लोकमानको म्याद तामेल


0
Shares

                                                                     फाइल फोटो
काठमाडौं, कात्तिक २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको म्याद तामेल भएको छ । म्याद तामेल भएसँगै कार्कीविरुद्दको मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ ।

एक महिना लामो प्रयासपछि मंगलबार नयाँबानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको हो ।

सर्वोच्च अदालतमा कार्कीको घरमा म्याद तामेल भएको व्यहोरा प्राप्त भएको जनाइएको छ ।

अख्तियार प्रमुख हुनका लागि कार्कीको योग्यता नपुगेको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो ।

आदेशसँगै अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो ।

तर, सर्वोच्चले पटक–पटक तामेलीका लागि टोली खटाएपनि एक महिनासम्म यो प्रयास असफल भएको थियो ।

मंगलबार म्याद तामेल भएसँगै अख्तियार प्रमुख कार्कीले अबको १५ दिनभित्र सर्वोच्च अदालतमा आफैं उपस्थित हुन वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछन् ।