Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धबारेमा व्यापक छलफल गरियोस्’


0
Shares

काठमाडौं, कात्तिक २ । विभिन्न क्षेत्रका व्यक्तित्वहरुले राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धकोबारेमा व्यापक छलफल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा राजनीतिक दलका नेता, बुद्धिजीवी र विभिन्न क्षेत्रका अगुवाहरुले यस विषयमा आवधिकरुपमा अनुसन्धान र तालिम हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले सबै विश्वविद्यालय र तालिम केन्द्रहरुका पाठ्यपुस्तकमा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरु समावेश गरिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रको हितविपरीत हुने गरी कसैसँग कुनैपनि प्रकारको सम्झौता नगर्ने बताइन् ।

यस्तै, नेकपा एमालेका नेता तथा चीनका लागि पूर्वराजदूत टंक कार्कीले नेपालले आन्तरिक हित हुने गरी अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध कायम गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का विधान आचार्यले नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा कार्यपत्र पेस गरेका थिए ।

Skip This