१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


आमा–छोरी मृत भेटिए


0
Shares

लहान, कात्तिक २ । सिरहाको लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी मंगलबार बिहान ओछ्यानमा मृत अवस्थामा फेलापरेका छन् ।

मृत्युका कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आमा–छोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

मृतकका पति फिरता मुसहर एकहप्ता पहिला नै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । रासस