१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


प्रधानमन्त्री दाहालसँग माल्दिभ्सका सेनापतिको भेट


0
Shares

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति–प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताए ।

सो अवसरमा माल्दिभ्सका सेनापति सियामले नेपालको शान्ति–प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गरेका थिए । रासस