१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


राष्ट्रपति भण्डारीसँग माल्दिभ्सका सेना प्रमुखको भेट


0
Shares

काठमाडौं, कात्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माल्दिभ्सका सेनाप्रमुख अहमद सियामले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भएको उक्त भेटमा नेपाल र माल्दिभ्सबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाली सेना र माल्दिभ्सका सेनाबीच सहयोग तथा सम्बन्धको विस्तारमा अझ बृद्धि गर्ने विषयमा छलफलसमेत छलफल भएको राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हादप्रसाद पुडासैनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवसरमा माल्दिभ्सका सेनाका पदाधिकारी र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुकोसमेत उपस्थिति थियो । रासस