चितवन,कात्तिक ३ । चितवनको दाहाखानी गाविसमा पर्ने रिद्धिखोलानजिकैबाट यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत रिद्धिखोलानजिकै गएराति लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खस्दा बसका सहचालकको मृत्यु भएको हो ।
काठमाडौंबाट भैरहवा जाँदै गरेको बस करिब साढे ८ बजे त्रिशुलीमा खस्दा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्दार गरी उपचारका लागि कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका लागि भर्ना गरिएको छ ।
यात्रुहरु सबै धादिङको सलाङ र नलाङ गाविसका भएको प्रहरीले जनाएको छ । बसमा सवार ११ जना मध्ये राजु विक भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्