१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


माहारेजको गोलले लेस्टर सिटी विजयी, रियाल मड्रिडले गर्‍यो गोलको बर्षा


0
Shares

काठमाडौं, कात्तिक ३ । लेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १-० ले हराउँदै लेस्टर सिटी नकआउट चरण नजिक पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन रियाद माहारेजले निर्णायक गोल गरे ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको अर्को खेलमा स्पेनको रियाल मड्रिडले पोल्याण्डको लेजिया वार्सलाई ५-१ ले हराएको छ ।

रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेल, मार्को असेन्सीयो, लुकास भास्क्वेज र अल्भारो मोराटाले एक एक गोल गरे ।

रियालका लागि अर्को एक गोल विपक्षी टोली लेजीयाका खेलाडीले आत्माघाती स्वरुप गोल गरेका थिए ।

च्याम्पियन्स लिगअन्तर्गतकै अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले पोर्चुगलको स्पोर्टिङलाई २-१ ले हराएको छ ।

यसैगरी ईटालीको युभेन्टसले फ्रान्सको ओलम्पिक लियोंलाई १-० ले हराउँदा स्पेनको सेभियाले क्रोएसियाको डाईनामो जाग्रेबलाई १-० ले नै पराजित गरेको छ ।

यसैगरी अन्य खेलमा पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई २-१ ले हराउँदा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी तथा रुसको सि.एस.के.ए मस्को र फ्रान्सको मोनाकोले १-१ गोलको बराबरी खेलेका छन् ।