
कञ्चनपुर, कात्तिक ३ । यातायात व्यवसायीबीच सहमति भएसँगै कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात आजदेखि सुचारु भएका छन् ।
कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकमा महाकाली, पवनदूत र नमस्ते शुक्लाफाँटा यातायातबीच सहमति भएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।
नमस्ते शुक्लाफाँटा यातायातले यातायात व्यवस्था नियमावली अनुरुप सेवा सञ्चालन गरे÷नगरेकोबारे भौतिक योजना तथा निर्माण मन्त्रालयबाट जानकारी लिने सहमति भएको छ ।
अर्को निर्णय नभएसम्मका लागि नमस्ते शुक्लाफाँटा यातायातका गाडि नचल्ने र एक हप्ताभित्र नयाँ समितिले प्रक्रियागत रुपमा सवै कागजात पूरा गर्ने सहमति भएको महाकाली यातायात व्यवसायी संघका अध्यक्ष नविन भट्टले जानकारी दिए ।
महेन्द्रनगरबाट यसअघि सञ्चालित महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायीले नमस्ते प्रालिले प्रक्रिया नपुर्याई गाडी सञ्चालन गरेको विरोधमा यातायात सेवा ठप्प पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्