१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


रौतहटका मजदुर चितवनमा धान काट्ने ‘खेताला’


0
Shares

रौतहट, कात्तिक ३ । दशैं सकिएलगत्तै रौतहटबाट रोजगारीका लागि बाहिरिने क्रम बढेको छ । यहाँका अधिकांश मजदुर कामको खोजीमा चितवन जाने गरेका छन् ।

पाँच दिन यता मात्रै रौतहटबाट एक हजारभन्दा बढी मजदुर चितवन गएका छन् । जिल्लाबाट मजदुर बाहिरिने क्रम अझै जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

दशैंमा गरिएको खर्चले ऋण बोकाएपछि मजदुरी गर्न बाहिरीनु परेको दुखेसो मजदुरहरुको छ ।

चितवनमा गएर रोजगारी गरी कमाएर ल्याएको रकमले परिवारको जीबिकोपार्जन र नजिकिँदो छठ पर्व मनाउने उनीहरु बताउँछन् ।

चितवनमा धान काट्ने सिजन भएपछि खेताला अभाव हुँदा छिमेकी जिल्लाबाट मजदुरहरु चितवन पुग्ने गरेका छन् ।