२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


मनाङ मस्याङदी टुबोर्ग विकास रनिङ शिल्डको क्वाटरफाईनलमा


0
Shares

चितवन, कात्तिक ३ । मनाङ मस्याङदी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पा चौरमा आज भएको खेलमा युनाईटेड क्लब सिवान भारतलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मनाङ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अब उसले सेमिफाईनल प्रवेशका लागि चितवन–११ सँग प्रतिस्पर्धा गर्ने छ । मनाङले पहिलो र दोस्रो हाफमा समान २–२ गोल गरेको थियो ।

खेलमा सिवानका कप्तान जनक कार्की अन्तिम समयमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।

प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा दिउँसो २ः३० बजे नेपाल प्रहरी र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।