१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


महिला क्रिकेट खेलाडीलाई जनही २५ हजार दिने सरकारको घोषणा


0
Shares

काठमाडौं, कात्तिक ३ । हङकङमा भएको आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहनस्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् ।

उनले एसियाकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाएपनि नेपाल एसियाकप क्रिकेटका लागि भने छनोट भएको थियो ।

‘डबल राउन्ड रोबिन लिग’का आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसियाकपमा स्थान पक्का बनाएको हो ।

उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । रासस