१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


किकअफ र कीर्तिपुर फुटसल विजयी


0
Shares

काठमाडौं, कात्तिक ३ । राजधानीमा जारी रेडबुल फुटसल लिग प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा किकअफले बानेश्वर रिक्रियश्नल सेन्टरलाई ५–० ले पराजित गरेको हो ।

घरेलु ‘पिच’मा भएको खेलमा किकअफ फुटसललाई फराकिलो जित दिलाउन राकेश कुवँरले ह्याट्रिक गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबारै भएको अर्को खेलमा कीर्तिपुर फुटसलले ताहाचल फुटसललाई ६–४ ले पराजित गरेको छ ।

खेलमा ३–१ ले पछि परेको स्थिति उल्टाउँदै कीर्तिपुरले जित हात पारेको हो ।

१६ टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैया प्राप्त गर्नेछ ।