१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


‘चालकले मोबाइलमा कुरा गर्दै चलाउँदा’ बस दुर्घटना, १७ यात्री घाइते


0
Shares

कैलाली, कात्तिक ३ । दार्चुलाबाट कन्चनपुरको सदरमुकाम महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना यात्री घाइते भएका छन् ।

दार्चुलाको गोकुलेश्वरबाट यात्री लिइ हिँडेको ना३ख ९४३६ नम्बरको पवनदूत यातायातको बस अत्तरिया सडकखन्डको मोहनानदी पुलनजिकै सडकमा पल्टिएर दुर्घटना भएको हो ।

घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ । बसचालक सुरेन्द्र कुँवरले मोबाइलमा कुरा गर्दै बस चलाउँदै अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शी यात्रीलाई उद्यृत गर्दै प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।

बसचालक कुवँर फरार रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्री सवार रहेको बताइएको छ ।