१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मनाङ–मर्स्याङ्दी र झापा–११ क्वार्टरफाइनलमा, सिवानका कप्तानलाई रातोकार्ड


0
Shares

चितवन, कात्तिक ३ । मनाङ–मर्स्याङ्दी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पसचौरमा बुधबार भएको खेलमा भारतको युनाइटेड क्लब सिवानलाई ४–१ ले पराजित गर्दै मनाङ अन्तिम आठमा पुगेको हो ।

मनाङको जितमा ओलावालेले दुई तथा बिमल बस्नेत र साजन महर्जनले एक–एक गोल गरे ।

खेलमा सिवानका कप्तान जनक कार्की अन्तिम समयमा रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

अब क्वार्टरफाइनलमा मनाङको भिडन्त चितवन–११ सँग हुनेछ ।

त्यस्तै, बुधबारै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै झापा–११ पनि क्वार्टरफाइनलमा पुगेको हो ।

झापालाई जिताउन विकास लिम्बु, विकास राई र प्रशान्त मगरले एक–एक गोल गरे भने पुलिसका निरकुमार राई र जुमनु राईले एक–एक गोल गरे ।