काठमाडौं, कात्तिक ३ । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्न माग गर्दै परेको रिट बुधबार पाटन उच्च अदालतले खारेज गरिदिएको छ ।
विहीबारका लागि डाकिएको महासंघको साधारणसभा गर्न अदालतले बाटो खुला गरिदिएको हो ।
महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य गोविन्दराज घिमिरेले साधारणसभा रोक्न माग गर्दै हालेको रिट अदालतले खारेज गरिदिएको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश टंक मोक्तान र न्यायाधीश डिल्लीराज आचार्यको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
सोमबार दायर रिटमा अदालतले मंगलबार साधारणसभा प्रक्रिया यथास्थितिमा राखी दुबैपक्षलाई छलफल गर्न बुधबारका लागि बोलाएको थियो ।
दुबैपक्षको राय सुनेपछि बुधवारको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने निष्कर्षमा अदालत पुगेको हो ।
अदालतको आदेशपछि अब विहीबार साधारणसभा हुने महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले जानकारी दिइन् ।
महासंघको विधान संशोधनका लागि विशेष साधारणसभा डाकिएको हो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी विधानमा भएको संशोधन पारित गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्