२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


नेपाल बार निर्वाचनः अध्यक्षमा सुनील पोखरेलको अग्रता


0
Shares

काठमाडौं, चैत १९ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

जारी मतगणनामा लोकतान्त्रिक पक्षका अध्यक्ष पदका उम्मेदवार सुनील पोखरेलले अग्रता लिएका छन् ।

सुरुमा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएपनि मंगलबार अपराह्नपछि भने पोखरेलले अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार सुनील पोखरेलले ७३४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले भने ६६९ मत पाएका छन् ।

अहिले उपत्यकाबाहिरका जिल्लाहरुको मतगणना भइरहेको छ ।

काठमाडौंबाहिरका जिल्लाको मतगणना गर्न मंगलबार रातिसम्म लाग्ने बताइएको छ ।

काठमाडौं प्रवेश गरेपछि कसले बढी मत ल्याउँछ, त्यसले नै अन्तिम नतिजाको टुंगो लगाउनेछ ।

नेपाल बारको २५औं केन्द्रीय कार्यसमितिका लागि गत गत शनिबार मतदान भएको थियो ।

मतदानमा देशभर रहेका बारका १० हजार ३१३ मतदाता मध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

तीन वर्षका लागि निर्वाचित हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।