२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बस र ट्रक ठोक्किदा तीनजनाको मृत्यु, १३ जना घाइते


0
Shares

सिरहा, कात्तिक ४ । सिरहाको मिर्चैया–६ मा बुधबार राति विपरीत दिशाबाट आएका बस र ट्रक आपसमा ठोक्किदा बसमा सवार तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले मध्यरातमा ठक्कर दिएको थियो ।

ठक्करबाट बसमा सवार भारत, ग्यान्टोक बस्ने ३३ बर्षीय पायल अग्रवाल सोही ठाउँका ३० बर्षीय विन्दीया गुरुङ्ग र जिल्ला पाँचथर रवि– ६ बस्ने ३५ बर्षीया ननुका राईको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं बस्ने अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, संखुवासभा धुपु–५ बस्ने दिलु कलाखेती, ईलाम आमचौक–३ बस्ने कसीस क्षेत्री, पशुपतिनगर–५ बस्ने लाक्पा तामाङ, बारा सिमरा बस्ने हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की र पाँचथर रवि–५ बस्ने मनोज राई घाइते भएका छन् ।

घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ भने अन्यको स्थानिय रेखा नर्सिङ्ग होम मिर्चैयामा उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न ट्रकका चालक मकवानपुर जिल्ला हेटौडा–३ बस्ने फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।