Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सामाजिक सुरक्षा भत्ता तिहारमा पनि नपाइने


0
Shares

उदयपुर, कात्तिक ४ । उदयपुरका वृद्ध, दलित तथा असहायले प्रतिक्षा गरेको सामाजिक सुरक्षा भत्ता तिहारमा पनि नपाउने भएका छन् ।

बेल्टार बसाहा नगरपालिकाको ढिलासुस्तिका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई हुने भएको हो ।

पछिल्ला वर्षहरुमा कृषि विकास बैंक तथा नगरपालिकाको सहकार्यमा भत्ता वितरण हुँदै आएको थियो ।

तर यस वर्षदेखि बैंकमा निक्षेप खोली वितरण गर्ने सरकारी नीति छ ।

सरकारले राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक तथा सिद्धार्थ बैकबाट सुरक्षा भत्ता लिने भने पनि बैंकले व्यक्तिको नाममा खाता खोलि दिन नमानेपछि दशैंदेखि प्रतीक्षा गरेको भत्ता तिहारमा समेत नपाउने अवस्था आएको हो ।

बेल्टार बसाहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २ हजार ४ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ ।