Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कतारबाट फर्केर दुई करोडको लगानीमा गाईपालन, मालामाल आम्दानी(भिडियो)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, कात्तिक ४ । धनकुटाको परेवादिन–७ नाम्जाङका भरत गुरुङ विदेशबाट फर्किएर दुग्ध उत्पादन ब्यवसायमा लागेका छन् ।

करिब दुई करोड रुपैयाँ खर्च गरी उनले अहिले गाईपालन ब्यवसाय गरिरहेका छन् । जसमा उनी सफलसमेत भएका छन् ।

पैसा कमाउनका लागि भन्दै २०५६ सालमा कतार गएका गुरुङ ०६३ सालमा नेपाल फर्किए ।

सात बर्ष सम्म विदेसमा निकै दुख गरेका ४४ बर्षीय गुरुङले अव बिदेश नजाने, नेपालमै केहि गर्ने बिचार गरी २०७० सालमा आफ्नै गाउँमै करिव २ करोड लगानीमा गाईफार्म सुरु गरे ।

यतिबेला उनको गोठमा ईलाम र गोरखावाट ल्याइएका उन्नत जातको २० ओटा गाई छन् । झट्ट हेर्दा उनको फार्म कुनै विदेशमा सञ्चालित गाई फार्म भन्दा कम छैन ।

हाल उनको फार्मबाट दैनिक एक सय लिटर दुध उत्पादन हुने गरेको छ । बिदेशमा पनि कमाई राम्रै भएपनि आफ्नै देशमा केहि गर्ने उदेश्यले गाँउ फर्किएर दुग्ध उत्पादन तर्फ लागेको गुरुङ्ग बताउँछन् ।

दुग्धको लागि बजारको कुनै समस्या नभएकोले यो पेसाबाट मनग्गे आम्दानी गर्न सकिने उनको भनाइ छ ।

दुग्धजन्य उत्पादन बिक्री नभएको खण्डमा दुग्धका बिभिन्न परिकार उत्पादन गरि बिक्रि गरि आम्दानी गर्न सकिने भएकाले वजारको समस्या नरहेको तथा पसु बिमाको सुबिधा भएकाले लगानि डुब्ने खतरा समेत नभएको गुरुङ्गको बुझाइ छ ।

फार्ममा हाल ७ जना कामदार रहेका छन् । ती कामदारले महिनाको ७ देखि १५ हजार रुपैयां तलव पाएका छन् । गाईलाई खुवाउन करिव १५ सय रोपनीमा उन्नत जातको घाँस खेती गरिएको छ ।

विदेश बल र उमेर हुन्जेल सम्मको लागि मात्रै भएकाले बिदेश जान चाहने तथा बिदेसवाट फर्केका यूवाहरुलाई आफूले जानेको सीप स्वदेशमा सदुपयोग गरी उद्यम गर्न उनी सुझाउँछन् ।