२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बम बनाउने विस्फोटक पदार्थसहित संघीय समाजवादी फोरमका कार्यकर्ता समातिए


0
Shares

सुनसरी, कात्तिक ४ । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता निमा आङदी शेर्पा विस्फोटक पदार्थसहित सुनसरीको धराबाट पक्राउ परेका छन् ।

शेर्पालाई इलाका प्रहरी कार्यालय धरानको टोलीले भारी मात्रामा बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

संखुवासभा चेपुवा गाविस–६ का शेर्पा संघीय समाजवादी फोरम नेपाल सुनसरी क्षेत्र नम्बर–१ का सचिव हुन् ।

शेर्पाले संखुवासभाको किमाथांका नाका हुँदै चीनबाट खरिद गरी ल्याएको विस्फोटक पदार्थ धरान ल्याएर विभिन्न व्यक्तिलाई बिक्री गर्ने गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।