Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित


0
Shares

                                                          फाइल फोटो
काठमाडौं, कात्तिक ४ । व्यवस्थापिका–संसदको विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठक सूचना टाँस गरी आगामी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गर्ने भनिएको विहीबारको संसद बैठक स्थगित भएको हो ।

संसद सचिवालयले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दलहरुले समय मागेपछि बैठक स्थगित गरिएको जनाएको छ ।

सभामुखको भ्रमण पनि स्थगित
व्यवस्थापिका–संसदको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएपनि सभामुख ओनसरी घर्ती स्वीट्जरल्यान्डको जेनेभा जाने कार्यक्रम पनि स्थगित भएको छ ।

उनी अन्तर व्यवस्थापिका संसदसम्बन्धी बैठकमा सहभागी हुन शुक्रबार (भोलि) त्यसतर्फ जाने कार्यक्रम थियो ।

Skip This