Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको ‘ह्वीप’


0
Shares

काठमाडौं, कात्तिक ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको व्यवस्थापिका–संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।

एमाले संसदीय दलको विहीबारको बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध महाभियोग लगाउने विषयमा हुन लागेको छलफलमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई ह्वीप जारी गरेको मुख्य सचेतक भानुभक्त ढकालले बताए ।

बैठकले अहिलेको अवस्थामा लोकमानसिंह कार्कीकाविरुद्धको महाअभियोग लगाउने प्रस्तावका पक्षमा लाग्न बुधबार हस्ताक्षर गर्न छुटेका आफ्ना सांसदहरुलाई निर्देशनसमेत दिएको छ ।

Skip This