
काठमाडौं, कात्तिक ४ । चर्मरोगसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन विहीबारदेखि राजधानीमा सुरु भएको छ ।
चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ समाजले आयोजना गरेको तीनदिने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
उद्घाटनकोक्रममा राष्ट्रपति भण्डारीले नेपालमा चर्मरोग ठूलो समस्याकोरुपमा देखा परिरहेको भन्दै राज्यले यसको उपचार, नियन्त्रण र निवारणका लागि प्रभावकारी रणनीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा अनुसन्धानबाट नेपालमा अनेकौं प्रकारका चर्मरोग भएको तथ्य सार्वजनिक भैसकेको भएपनि त्यसका लागि निकै कम चर्मरोग विशेषज्ञहरु उपलब्ध भएको जानकारी दिइएको थियो ।
सम्मेलनमा नेपाल, भारत, श्रीलंका, जर्मनीलगायत १६ भन्दा बढी देशका चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्