२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नेपालमा हिन्दूधर्म नस्ट गर्न अनेकौं शक्तिहरु क्रियाशील : भारतीय नेता


0
Shares

काठमाडौं, कात्तिक ४ । हिन्दूहरुको पहिचानको रक्षाका लागि भन्दै विहीबार राजधानीमा हिन्दू युवा वाहिनी नेपाल नामक संगठन स्थापना भएको घोषणा गरिएको छ ।

‘सबैपक्ष एकजुट भइ सनातन हिन्दूधर्मको रक्षाका लागि’ भनेर संगठन स्थापना गरिएको हो ।

घोषणा कार्यक्रममा भारतीय लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका नेता आदित्य नाथले नेपालमा सनातन हिन्दूधर्म नस्ट गर्न अनेकौं शक्तिहरु क्रियाशील रहेको आरोप लगाए ।

सनातन हिन्दूराष्ट्रको पहिचानको रक्षाका लागि भन्दै ज्ञानेन्द्र भट्टको अध्यक्षतामा वाहिनी घोषणा गरिएको बताइएको छ ।