Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


लोकमानविरुद्ध महाअभियोगः कांग्रेसमा अन्योल, यसो भन्छन् नेताहरु (भिडियोसहित)


0
Shares

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने/नबढाउने भन्नेमा नेपाली कांग्रेसमा अन्योल देखिएको छ ।

विहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा ८ जना केन्द्रीय सदस्यहरुमध्ये तीनजनालेमात्र लोकमानविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने भनाइ राखेका थिए ।

केहीले पहिला पार्टी सभापतिले यसबारे आफ्नो धारणा राखेपछि छलफल गर्न सजिलो हुने बताएका थिए ।

तर, सभापति शेरबहादुर देउवाले भने आफूहरुसँग महाअभियोग प्रस्ताव दर्ता गर्नेबारे छलफल नै नभएको बताएका थिए ।

कांग्रेसले यसबारे पर्याप्त छलफल गरेरमात्र निर्णयमा पुग्ने जनाएको छ ।

अविश्वासको प्रस्तावबारे सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ठोस निर्णय गरेपछिमात्र काग्रेसले थप प्रतिक्रिया दिने भएको नेताहरुले बताएका छन् ।

बैठकमा संविधान संशोधन स्थानीय तह पुर्नसंरचनालगायतका विषयमा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

भिडियो हेर्नुहोस्

Skip This