२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा


0
Shares

धनगढी, कात्तिक ४ । मोहनानदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव विहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिइ परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेलापरेका थिए ।

अन्तिम संस्कार गर्न शव मोहनानदी घाटमा पु¥याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । रासस