२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


बार अध्यक्षमा चण्डेश्वरको अग्रता


0
Shares

काठमाडौं, चैत १९ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् ।

झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिरहा, बारासम्मको मंगलबार दिउँसो १ः२० बजेसम्ममा ५०२ मतगणना गर्दा श्रेष्ठले ३५२ मत प्राप्त गरी अग्रता लिएका छन् ।

बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले २५८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गरेका छन् ।

सोमबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । आज ९ बजेदेखि मतगणना भइरहेको छ ।

२५औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभरका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए । रासस