रसुवा, कात्तिक ५ । मत्स्य अनुसन्धान केन्द्र रसुवाले हिमाली रेन्वो ट्राउट माछाको नयाँ जातका भुरा उत्पादनको अनुसन्धान अगाडि बढाएको छ ।
केन्द्रले अमेरिकन डोनालचन स्टन तथा फिल्याण्ड स्टन जातका माछाका भुरा उत्पादनको अनुसन्धान थालेको हो ।
चिसो पानीमा हुने यी जातका माछामा रोग कम लाग्ने, छिटो वृद्धि हुने भएकाले भुरा उत्पादन गरी माछापालक व्यवसायिक कृषकलाई दिन लागिएको मत्स्य अनुसन्धान केन्द्र रसुवाका मत्स्य विज्ञ अर्जुनबहादुर थापाले जानकारी दिए ।
माछा पालन व्यवसायी किसानलाई हिमाली आयोजनाले अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ।
यो सहयोग पाएसँगै माछापालन गर्ने किसानको संख्यासमेत वृद्धि हुँदै गएको छ । किसानलाई थप राहत दिन नयाँ जातका भुरा उत्पादनको अनुसन्धान अघि बढाइएको मत्स्य अनुसन्धान केन्द्रले जनाएको छ ।
हाल जापानबाट ल्याइएका हिमाली रेन्बो ट्राउट जातका माछा किसानले पाल्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्