
काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय टोलीले शुक्रबार भेट गरी जिल्लाको विकास–निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा सो प्रतिनिधिमन्डलले जिल्लामा तत्काल विमानस्थल निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
जवाफमा प्रधानमन्त्री दाहालले धनकुटामा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद् सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
टोलीमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न पार्टीका नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहको थियो । रासस
प्रतिक्रिया दिनुहोस्