Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेससँग छलफल गर्नुपर्थ्यो : खतिवडा, महाभियोग प्रस्तावको पक्षमा उभिन्छौं : सीपी मैनाली


0
Shares

काठमाडौं, कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव जायज भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘अख्तियार प्रमुखको काम कांग्रेसलाई पनि चित्त नबुझेको भएपनि महाअभियोग ल्याउनुअघि कांग्रेससँग छलफल गर्नुपर्थ्यो’–भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग छलफलै नगरी एक्कासि प्रस्ताव ल्याएकाले चिसोपन उत्पन्न भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले ‘अख्तियार प्रमुख कार्कीले व्यक्तिगत रिसिइबी साँध्ने र देशमा समानान्तर सरकार चलाउने कोसिस गरेकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको’ तर्क गरे ।

यस्तै, नेकपा मालेका नेता सीपी मैनालीले महाअभियोगका प्रस्तावकर्ताहरुले आफ्नो दलसँग वार्ता नगरेपनि आफूहरु प्रस्तावको पक्षमा उभिने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण बिडारीले भने महाअभियोग प्रस्ताव टुंगोमा पुग्न दुई महिना लाग्ने जिकिर गरे ।

Skip This