
टोकियो, कात्तिक ५ । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.६ म्याग्निच्यूडको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ ।
टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्रबिन्दू सो प्रान्तको आसपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
यस भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।
यद्यपि, सो भूकम्पबाट कैयौं व्यक्ति घाइते भएका एएफपी समाचार समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा/एएफपी
प्रतिक्रिया दिनुहोस्