काठमाडौं, कात्तिक ५ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएका खेलहरुमा ढुकु फुटसल र हरिसिद्धि फुटसल विजयी भएका छन् ।
समूह ‘ए’को खेलमा ढुकुले रजनी फुटसललाई ८–२ ले हराएको हो ।
रजनीको ‘पिच’ भैंसेपाटीमा भएको खेलमा ढुकुलाई विजयी गराउन सुरज राउत एक्लैले ह्याट्रिक गरे ।
त्यस्तै, शुक्रबारै समूह ‘बी’ को खेलमा हरिसिद्धि फुटसलले हाइवे फुटसललाई २–० ले पराजित गरेको छ ।
हाइवेको पिच नयाँबस्तीमा भएको खेलमा हरिसिद्धिलाई जिताउन रफी महर्जन र निरज महर्जनले १–१ गोल गरे ।





प्रतिक्रिया दिनुहोस्