२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


बनेपाको दिपभैरवमा रंगरोगनः रंगाउने चित्रकारलाई पाँच पाथी चामल


0
Shares

काठमाडौं । काभ्रेको बनेपास्थित चण्डेश्वरी मन्दिरको पश्चिमपट्टि रहेको पुरातात्विक र ऐतिहासिक महत्वको दिपभैरवमा रंगरोगनको काम सम्पन्न गरिएको छ । 

लिच्छविकालीन भित्तेचित्र रंगाउनेलाई स्थानिय नेवार भाषामा “पुं ईलेगु” भन्ने गरिन्छ ।

ऐतिहासिक भित्तेचित्रलाई संरक्षण गर्न प्रत्येक वर्ष रंगाउने गरिन्छ । भित्ते चित्रलाई मूर्तरुप दिनेमा भक्तपुरका पूर्ण चित्रकारले परम्परागत जिम्मेवारी पाउँदै आएका छन् ।

मन्दिरमा रहेको सो चित्रलाई प्रत्येक वर्ष रंगाएर नयाँ रुप दिइन्छ ।

नेपाल संवत् तिथिअनुरुप चिल्लाथ्व एकादशीदेखि शुरु हुने रंगाउने काम होली पूर्णिमाको साँझ दीप प्रज्वलन गरेर प्रतिपदाको दिन दृष्टि प्रदान गराइन्छ ।

करिब १५ दिन लगाएर रंगाउनको लागि चित्रकारलाई पाँच पाथी मात्र चामल दिइन्छ ।

मूल्यबृद्धिसँगै महंगिएको बजारमा चित्रकारलाई दिँदै आएको पारिश्रमिक अपुग भएकोमा चित्रकारले असन्तुष्टि जनाए ।

भक्तपुरका चित्रकारले २०१५ सालदेखि भित्तेचित्र रंगाउँदै आएका छन् । यो काममा छोरा राजेश चित्रकारले सघाएका छन् ।

परम्परागत र ऐतिहासिक महत्वको लिच्छविकालीन भित्तेचित्र संरक्षण गर्न पुरातत्व विभागदेखि सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।