पाँचथर, कात्तिक ६ । पाँचथरको तमोर लिफ्ट खानेपानी आयोजनाको काम पुनः सुचारु भएको छ ।
सात महिनाअघिदेखि अबरुद्ध भएको काम पुनः सुचारु भएपछि स्थानीयमा आशा पलाएको छ ।
सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यलसहित काम शुरु गरिएको हो ।
आयोजनाको मुख्य पाइपलाइनको काम २०७४ साल पुषसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
तर सुरुवाती ७ महिना विभिन्न प्राविधिक कठिनाई देखाएर अयोजनाको काम ठप्प हुँदा स्थानीयबासी निरास भएका थिए ।
७ महिनापछि निर्माण कम्पनीले आयोजनाको कामलाई तिब्रता दिएसँगै पुनः आशा पलाएको स्थानीय बताउँछन् ।
हालसम्ममा आयोजनाको २७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि प्राविधिक कठिनाइले केही समय काम अघि बढ्न नसकेको आयोजनाको ठेक्का पाएको प्रेरा स्वामी नारायण जेभीले जनाएको छ ।
आयोजनाको लागि आवश्यक सामग्री तयार भएकाले अब काम नरोकिने समेत कम्पनीले जनाएको छ ।
५१ करोड ३० लाख २० हजार रुपैयाँको लागतमा भइरहेको आयोजनालाई मेलम्चीपछि नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना मानिएको छ ।










प्रतिक्रिया दिनुहोस्