२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अनियन्त्रित खोटो संकलनले वन सखाप


0
Shares

सिन्धुली, कात्तिक ६ । सिन्धुलीका विभिन्न वनमा अनियन्त्रित रुपमा खोटो संकलन गर्न थालिएपछि वन विनास बढ्न थालेको छ ।

जिल्लाका सल्लेनी वनहरुमा अनियन्त्रित रुपमा खोटो संकलन गर्ने क्रम बढेपछि सल्ला प्रजातीका रुख विरुवाको विनाश भएको हो ।

खोटो संकलक व्यवसायीले जिल्लाका विभिन्न सामुदायिक समूह र जिल्ला वन कार्यालय सिन्धुलीबाट खोटो संकलन गर्न अनुमति लिए पनि तोकिएको परिमाणभन्दा बढी अवैज्ञानिक रुपमा संकलन गर्ने गरेका छन् ।

निर्धारित मात्राभन्दा बढी खोटो निकालेपछि सल्लाका बोट मर्ने र जिङ्ग्राउने गरेका छन् ।

खोटो संकलकहरुले सल्लाको रुखको फेदमा अवैज्ञानिक तरिकाले ठूला–ठूला चोट बनाएर एउटा रुखबाट न्यूनतम ५ लिटर देखि १० लिटरसम्म खोटो निकाल्ने गरेको स्थानीयले बताएका छन् ।

सल्लाको खोटोबाट अलकत्रा, विभिन्न किसिमका मेसिनरी तेल र औषधि बनाउने गरिन्छ ।