
काठमाडौं, कात्तिक ६ । काठमाडौंको यट्खामा आज सामूहिक कुमारी पुजन कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा १ सय ८ जना कुमारीको पुजा गरिएको थियो । आफ्नो संस्कृति तथा परम्परालाई जोगाई राख्ने उद्देश्यले कुमारी पुजन कार्यक्रमलाई निरन्तरता दिइएको पुजा आयोजक समितिले जनाएको छ ।
देशमा स्थायित्व, मानव कल्याण, सुख, शान्ति र सम्मृद्धिको कामनासहित हरेक वर्ष दशैंलगत्तै सामूहिक रुपमा कुमारी पुजन गर्ने गरिएको छ ।
विगतमा कुमारी पुजन कार्यक्रममा नेवार समुदायका कुमारी बालिकाहरुको मात्रै पूजा गर्न गरिएको भए पनि पछिल्ला वर्षमा अन्य जाती र समुदायका बालिकाहरुलाई समेत कुमारी पुजन समारोहमा सहभागी गराइन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्