२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नेपालमा अझै अशान्तिको आभास : राष्ट्रपति भण्डारी


0
Shares

राजविराज, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव कल्याणका लागि विश्वभर नै शान्ति हुनुपर्ने बताएकी छन् ।

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा शनिबार चन्डि रुद्र महायज्ञको यज्ञ मन्डप शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले नेपालमा अझै अशान्तिको आभास भइरहेको बताइन् ।

उनले मुलुकमा रहेको प्राकृतिक, सांस्कृतिक र जातिगत विविधता राष्ट्रिय एकता मजबुद् तुल्याउने आधारशीला भएको बताइन् ।

नेपाल र नेपालीको कल्याणका लागि व्यक्ति–व्यक्तिले आफूलाई जिम्मेवार ठान्नुपर्ने उनको भनाइ थियो ।

विश्वशान्तिको कामनासहित मुलुकमै पहिलोपल्ट सप्तरीको छिन्नमस्ता मन्दिरमा आगामी चैत १६ गतेदेखि लक्ष्य चन्डि रुद्र महायज्ञ आयोजना गरिँदैछ ।

कार्यक्रममा छिन्नमस्ता गाविसका निवर्तमान अध्यक्ष सत्यनारायण यादवले छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको घोषणा गर्नुपर्नेलगायत १३ बुँदे अनुरोधपत्र राष्ट्रपतिलाई बुझाएका थिए ।