२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बुबा–आमालाई बृद्धाश्रममा राख्ने परिपाटीको अन्त्य गर्नुपर्छ : राष्ट्रपति


0
Shares

विराटनगर, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताएकी छन् ।

शनिबार विराटनगरमा आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अग्रजको सम्मान, सेवा र आशिर्वाद लिनु नेपालीको संस्कार भएको बताइन् ।

उनले आफूलाई जन्म दिने र हुर्काउने बुबा–आमालाई बृद्धाश्रममा राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले बृद्धबृद्धाको स्वास्थ्य उपचारका लागि सातओटै प्रदेशमा अस्पताल तथा बृद्धबृद्धा सम्मान भवन निर्माण गर्न सरकारलाई आग्रह गरे ।

महोत्सवमा राष्ट्रपति भण्डारीले १ सय वर्ष नाघेका २२ जनालाई सम्मान गरेकी थिइन् ।

महोत्सवमा प्रदेश नम्बर–१ का १३ जिल्लाबाट ३ हजार ७ सय ज्येष्ठ नागरिक सहभागी छन् ।