Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


माओवादी केन्द्रमा महाअभियोगबारे निर्णय लिने जिम्मा दाहालले पाए


0
Shares

काठमाडौं, कात्तिक ६ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।

शनिबार लाजिम्पाटमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मा दाहाललाई दिएको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सबै पक्षसँग छलफल गरी महाअभियोगबारे निर्णय लिने अधिकार पार्टी अध्यक्षलाई दिइएको जानकारी दिइन् ।

संसदमा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

आइतबार (भोलि) बस्ने संसद बैठकमा प्रस्ताव पेस गर्ने तयारी छ ।

Skip This