२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बार्सिलोनालाई भ्यालेन्सियाले रोक्ला ?


0
Shares

काठमाडौं, कात्तिक ६ । स्पेनिस फुटलब लिग ला लिगामा शनिबार चार खेल हुँदैछन् ।

पहिलो खेलमा स्पानियोलले घरेलु मैदानमा आइबरसँग अप्रत्याशित बराबरी खेलेको छ । ३–० ले पछि परेको स्पानियोलले आइबरसँग ३–३ को बराबरी खेलेको हो ।

८४औं मिनेटमा १० जनामा समेटिएको स्पानियोलले अन्तिम समयमा बराबरी गरेको हो ।

नेपाली समयअनुसार राति ८ बजे भ्यालेन्सियाले घरेलु मैदानमा बार्सिलोनासँग खेल्दैछ । लिओनल मेसी खेलमा फर्किएसँगै बार्सिलोनाले आक्रामक खेल खेल्न थालेको छ ।

राति सवा १० बजे रियाल सोसिडाडले एलाभेससँग खेल्ने कार्यक्रम छ । त्यसैगरी, राति साढे १२ बजे ग्रानाडाले घरेलु मैदानमा स्पोर्टिङ गियोनसँग खेल्नेछ ।

लिगमा ८ खेलबाट १८ अंकको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा रहँदा समान अंककै रियल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

त्यस्तै, १७ अंकको सेभिया तेस्रो स्थानमा रहँदा १६ अंकको साविक विजेता बार्सिलोना चौंथो स्थानमा छ ।